काभ्रे ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा दिननाथ गौतम अग्रस्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गौतमले हालसम्म ११ हजार ८१० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गुणराज मुक्तानले १० हजार ६६५ मत प्राप्त गरेका छन् । उनी नेपाली कांगे्रसका उम्मेदवार हुन् । यसैगरी नेकपा एमालेका उम्मेदवार अभि तामाङले ७ हजार ७७५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाईले ७ हजार ६०६ मत प्राप्त गरेका छन् ।
हालसम्मको मत परिणामअनुसार पहिलो र दोस्रो स्थानका उम्मेदवारबीच एक हजारभन्दा बढी मतान्तर रहेको छ । निर्वाचन अधिकृतका अनुसार मतगणना प्रक्रिया अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्नेछ ।
काभ्रेपलाञ्चोक–१ मा प्रमुख राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाको पछिल्लो अवस्थासँगै स्थानीय राजनीतिक वृत्तमा चासो बढेको छ ।











प्रतिक्रिया