काठमाडौँ।
गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्य निर्वाचमा कास्की-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छन् ।
समाजसेवा र व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा होमिएकी बिना कास्की-३ बाट भारी मतका साथ विजयी भएकी हुन् ।मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार बिनाले ३७ हजार ७ सय ५० मत प्राप्त गरेकी छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई करिब २५ हजारको विशाल मतान्तरले पराजित गरेकी हुन् ।
पराजित भएका गुरुङले १२ हजार ७ सय ८० मत मात्रै प्राप्त गरेका छन् ।











प्रतिक्रिया