दैलेख ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दैलेख क्षेत्र नं. १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छन्।
थापाले कुल १२,३७२ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले (सूर्य चिह्न) का उम्मेदवार रविन्द्रराज शर्मालाई पराजित गरेकी हुन्। शर्माले ११,७९६ मत प्राप्त गरेकी छन् । थापाले शर्मालाई ५७६ मतान्तरले पछि पार्दै जित सुनिश्चित गरेकी हुन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चिह्न) का नन्दकिशोर बस्नेत ८,१५१ मतका साथ तेस्रो स्थानमा रहेकाछन भने नेकपा एकीकृत समाजवादी (तारा चिह्न) का अमरबहादुर थापाले ३,९८९ मत प्राप्त गरेका छन्।
निर्वाचनमा अन्य उम्मेदवारहरू क्रमशः राप्रपाका रणबहादुर सिंह (५९८ मत), जगतबहादुर ओली (२९७ मत), रामलाल विश्वकर्मा (२३६ मत), नरबहादुर सिंह (९१ मत), लोकबहादुर बोगटी (२९ मत) र मेनका श्रेष्ठले १६ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा कुल ३९,६५६ मत गणना गरिएको थियो। जसमध्ये २,०८१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।











प्रतिक्रिया