काठमाडौं ।
भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा फेरिल्यान्ड गल्र्समा च्याम्पियन बने ।
ब्वाइजको फाइनलमा भ्याली पब्लिकले ड्याफोडिललाई ५६–४० ले पराजित ग¥यो । भ्याली पब्लिकका अशोक विकले २१ अंक जोडे ।
सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको गल्र्सको फाइनलमा फेरिल्यान्डले भ्याली पब्लिकलाई ३०–२५ ले हरायो ।
फेरिल्यान्डकी सन्दिपा राईले १७ स्कोर गरिन् । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे ।











प्रतिक्रिया