निर्वाचनसम्बन्धी अभिव्यक्तिका कारण दुर्गा प्रसाईं पक्राउ


काठमाडौँ ।

मेडिकल व्यवसायी तथा अभियानकर्मी दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको छ । निर्वाचनबारे विद्युतीय माध्यमबाट दिएको अभिव्यक्तिले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा साइबर ब्युरोले उनीमाथि अनुसन्धान थालेको हो । निर्वाचन आयोगको पत्रका आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइने साइबर ब्युरोले जनाएको छ ।

पक्राउअघि प्रसाईंले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको खुलेको छ । त्यसपछि वीरगन्जमा कार्यक्रम गरी निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको सूचनाका आधारमा सुरक्षा निकायले उनलाई पक्राउ गरेको बताइएको छ । यसअघि पनि विभिन्न अभिव्यक्तिका कारण प्रसाईं पटक–पटक प्रहरी अनुसन्धानमा परेका थिए ।