काठमाडौँ
प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले शर्मालाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
बैकका यसअघिका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार राजीनामा दिएका थिए।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मासँग यसअघि तत्कालीन सनराइज बैंक र माछापुच्छ्रे बैंकको नेतृत्व सम्हालेको अनुभव छ। उनले सनराइज र लक्ष्मी बैंकबीच मर्जरपछि छाडेका थिए ।











प्रतिक्रिया