काठमाडौँ
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा एकदिने व्यावसायिक तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको मासिक योजना ‘मन्थन–२०८२’ अन्तर्गत तोकिएको व्यवसाय सम्पन्न गरी छनोट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी र बागमती प्रदेशका केही शाखा कार्यालयमा आबद्ध १८५ जना अभिकर्ताहरू उक्त तालिममा सहभागी भएका थिए । तालिम पोखरास्थित होटल मेजेस्टिक लेक फ्रन्टमा सम्पन्न भएको हो ।
बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम राजाले सहजीकरण गर्नुभएको तालिममा एमडीआरटी, सिओटी तथा टिओटीजस्ता उच्च व्यावसायिक लक्ष्य प्राप्त गर्ने उपायहरू, फरक सोच र रणनीतिका साथ बजारमा आफूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने कला बारे विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कम्पनीकी उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेलले यस्ता तालिमले अभिकर्ताको मनोबल वृद्धि भई व्यावसायिक लक्ष्य हासिल गर्न थप प्रेरणा मिल्ने बताउनुभयो । उहाँले कम्पनीले “प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता” भन्ने नारासहित मासिक योजना ‘मन्थन’ सञ्चालन गरिरहेको उल्लेख गर्दै देशभरबाट छनोट भएका ७०० भन्दा बढी अभिकर्ताहरूलाई पायक पर्ने विभिन्न स्थानहरूमा तालिम कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । सो अवसरमा शाखा स्तरमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल सावित गर्न अभिकर्ताहरू सफल हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
तालिममा सहभागी अभिकर्ताले यस प्रकारको उत्कृष्ट प्रशिक्षणले आफ्नो मनोबल उच्च बनाएको, आगामी दिनमा बीमा व्यवसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको तथा सम्मान प्राप्त हुँदा आफ्नो मेहनतको उचित कदर भएको प्रतिक्रिया दिएका थिए ।











प्रतिक्रिया