काठमाडौँ
माघ १३, २०८२ प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । “डेभिल्स खाउँ, मुम्बई जाउँ”नामक यस अभियानमार्फत क्रिकेट प्रेमीलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ ।
यस अभियानअन्तर्गत, एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भर्मण जित्नेछन्। विश्वक्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशाला मध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ ।
“डेभिल्स खाउँ,मुम्बई जाउँ”अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सहीउत्तर कमेन्ट गर्नुपर्नेछ र तीनजना साथीलाई ट्याग गर्नुपर्नेछ। पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ ।
पुरस्कार प्याकेजमामुम्बई आवत–जावतकाहवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथावानखेड़े स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ ।
अभियान बारे टिप्पणी गर्दै एसियन थाई फुडका निर्देशक आशिष जाजुले भन्नुभयो, “टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण हो । ‘डेभिल्स खाउँ, मुम्बई जाउँ’मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौं । क्रिकेटले लाखौंमा निसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।”
“डेभिल्स खाउँ, मुम्बई जाउँ”अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकसँग साझा गर्दै, खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ बलियो बनाएको छ ।











प्रतिक्रिया