हेटौंडा।
बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान जारी छ। सुरु भएको एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन्।
प्रदेश सभाका ११० सदस्यमध्ये ६ जनाले राजीनामा दिएकोले १०४ मतदाता छन् भने स्थानीय तहका २३८ मध्ये २३४ मतदाता सक्रिय छन्।
स्थानीय तहतर्फ १११ र प्रदेश सभातर्फ ३९ जनाले मतदान गरेका छन्।











प्रतिक्रिया