“आज देशभर मौसम बदली, असिनासहित वर्षा”


काठमाडौँ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहने र केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली रहनेछ। यी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा, असिना र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।