काठमाडौँ
अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२५ मा तोकेको व्यवसायिक लक्ष्य सफलतापूर्वक पूरा गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना उत्कृष्ट अभिकर्ता एमडीआरटी २०२६ का सदस्य बन्न सफल भएका छन् । तीमध्ये गौरवकुमार शाही र दीपक सापकोटा ‘कोर्ट अफ द टेबल’ (सीओटी) का लागि योग्य भएका छन् । शाही तेस्रो पटक र सापकोटा दोस्रो पटक सीओटीमा छनोट भएका हुन् ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशबाट २ जना, बागमती प्रदेशबाट २९ जना, गण्डकी प्रदेशबाट ५ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना गरी जम्मा ५५ जना अभिकर्ता एमडीआरटी २०२६ का लागि छनोट भएका हुन् । साथै, तीन पटकभन्दा बढी एमडीआरटी हासिल गर्ने ६ जना र पाँच पटकभन्दा बढी एमडीआरटी प्राप्त गर्ने २ जना गरी ८ जना अभिकर्ता दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२६ का लागि एमडीआरटीमा छनोट हुन सफल सबै ५५ जना अभिकर्तालाई हार्दिक बधाई ज्ञापन गरेका छन् । उनले अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताहरूको भेलामा नेपाल तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सको झण्डा फहराउने अवसर प्राप्त गरेकोमा गर्व व्यक्त गर्दै कर्मठ, लगनशील र मेहनती अभिकर्ताप्रति कृतज्ञता व्यक्त गरे। साथै, आगामी दिनमा अझ बढी मेहनत र समर्पणका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।
नेपालकै पहिलो आईएसओ ९००१–२०१५ प्रमाणित सूर्यज्योति लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ८३ करोड रुपैयाँ, लगानी ४८ अर्ब ४५ करोड रुपैयाँ, नेटवर्थ ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। हाल कम्पनीसँग १ लाख ६ हजार अभिकर्ता, ३५ लाख ८७ हजार बीमालेख तथा देशभर फैलिएका १७६ शाखा सञ्जाल रहेका छन्, जसमार्फत आफ्ना बीमितलाई सेवा प्रदान गरिरहेको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले नेपालमै सर्वाधिक ३५ वटा घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गर्दै आएको छ। साथै, कम्पनीले नियामक निकायले तोकेको समयावधिभित्रै आर्थिक वर्ष २०८१÷८२ को वार्षिक साधारण सभा सम्पन्न गरी शेयरधनीहरूका लागि १३ प्रतिशत नगद लाभांशसमेत वितरण गरिसकेको छ।











प्रतिक्रिया