सुखा खोलामा पुल निर्माण

658
Shares

उदयपुर ।

उदयपुर जिल्ला चौदन्डीगढी नगरपालिका ३ हात्तिसार किरात चौक सिरानमा सुखा खोलामामा ७,५०,००० । अक्षेरिपी सात लाख पचास हजार लागत मा पुल निर्माण कार्य जोडतोडका साथमा भैरहेको छ ।

जनतामा विकास–निर्माण प्रतिको अपेक्षा दिनानुदिन बढ्दै गएको छ । तर विकास भनेको सधैँ ठूला योजना, करोडौँ बजेट र चम्किला पूर्वाधार मात्र हो भन्ने बुझाइ अहिले पनि बलियो छ । यथार्थमा भने सही योजना र इमानदार कार्यान्वयन भए साना कामले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । यसको जीवन्त उदाहरण उदयपुरको चौदण्डीगढी नगरपालिका बनेको छ ।

नगरपालिकाले चालु वर्षलाई “भौतिक पूर्वाधार वर्ष” घोषणा गर्दै आफ्नै स्रोतबाट रोड रोलर, टिपर र जेसिबी खरिद गरी ग्रामीण सडक स्तरोन्नति थालेको छ । यसअघि ठेक्का प्रक्रियामा ढिलासुस्ती, गुणस्तरहीन काम र बजेट अपव्ययका गुनासा सुनिन्थे । तर आफ्नै मेसिनबाट काम सुरु भएपछि न त काम रोकिन्छ, न त गुणस्तरमा सम्झौता हुन्छ ।

अहिले वडावडामा सडकमा गिट्टी बिछ्याई राम्रोसँग पेल्ने काम भइरहेको छ, जसले भविष्यमा कालोपत्रेका लागि बलियो आधार तयार गरेको छ ।

वर्षौँदेखि हिलाम्मे र खाल्डाखुल्डीले हैरान भएका बस्तीमा अहिले सहज आवागमन सम्भव भएको छ । स्थानीयको खुलेर प्रशंसा केवल सडकप्रति होइन, स्थानीय सरकारप्रतिको विश्वास पुनःस्थापित भएको संकेत हो । नगर प्रमुखले भनेझैँ, “गरे के हुँदैन?” भन्ने सोचले विकासलाई व्यवहारमा उतारेको छ ।

चौदण्डीगढीको यो पहलले स्पष्ट सन्देश दिन्छ—विकास ठूलो बजेटमा होइन, सही प्राथमिकता, पारदर्शिता र जनताको आवश्यकता बुझ्ने इच्छाशक्तिमा निर्भर हुन्छ। यही बाटो अन्य स्थानीय तहका लागि पनि प्रेरणा बन्न सक्छ ।