उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै महामन्त्री शर्मा बैठक बहिस्कार


काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन्। शर्माले मंगलबार र बुधबार बसेको बैठकमा सहभागिता जनाएनन्।

महामन्त्री शर्माले उम्मेदवारी छनोटमा स्पष्ट मापदण्ड नबनाई पुरानै ६०–४० को भागबण्डाका आधारमा निर्णय गर्न खोजिएको भन्दै त्यसको साक्षी बस्न नसक्ने बताएका छन्। उनले आफ्नो असन्तुष्टि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराएका थिए।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार शर्माको अनुपस्थितिकै बीच कांग्रेसले पार्टीभित्रको भागबण्डाका आधारमा राष्ट्रियसभा सदस्यका उम्मेदवार टुंग्याएको छ।