काठमाडौं ।
बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले बढी हो। यसअघि चाँदीको उच्चतम मूल्य पुस १४ गते प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो।
यस्तै, बुधबार सुनको मूल्य भने घटेको छ। महासंघले सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटाएर २ लाख ६७ हजार ७ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। पुस १३ गते सुनले हालसम्मकै उच्च रेकर्ड प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ बनाएको थियो।











प्रतिक्रिया