खरेल–लिङ्देन भेटवार्ता, निर्वाचन वातावरणबारे छलफल


ललितपुर ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

बुधबार लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा निर्वाचनको वातावरण निर्माणबारे छलफल भएको मन्त्री खरेलले जानकारी दिए।

उनका अनुसार अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताएका छन्। निर्वाचनको वातावरण निर्माणका लागि सरकारका प्रवक्ताको हैसियतमा मन्त्री खरेलले प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्दै आएका छन्।