नेपाली कांग्रेस कार्य सम्पादन समिति बैठक आज पनि


काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

बैठकमा पार्टीको महाधिवेशनसम्बन्धी विवादमा केन्द्रित रहेर नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ ।

यसअघि मंगलबारको बैठकमा महामन्त्री थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए । आजको बैठकमा बाँकी नेताहरूले पनि विचार राख्ने अपेक्षा गरिएको छ ।