एमालेले राष्ट्रियसभाका लागि ६ उम्मेदवार टुङ्ग्यायो


काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार चयन गरेको एक नेताले जानकारी दिएका छन् । एमालेका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल, गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लिला भण्डारीलाई उम्मेदवार बनाइएको छ।

राजनीतिक दलहरूबिच कांग्रेस र एमालेले ७–७ सिट, नेकपाले ३ सिट र जसपा नेपालले १ सिट लिने सहमति भएको बताइएको छ । एमालेले अझै एक उम्मेदवार चयन गर्न बाँकी रहेको जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन आयोगका अनुसार आगामी माघ ११ गते हुने निर्वाचनमार्फत रिक्त १८ सदस्य चयन गरिनेछ ।