काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र नियमित वा विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधान गर्न तीन वैकल्पिक प्रस्ताव अघि सारेका छन्।
मंगलबार सभापति शेरबहादुर देउवासहित शीर्ष नेतासँगको भेटमा उनले सबै पक्षलाई समेटेर छलफल गरी आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर जाने पहिलो विकल्प सुझाएका हुन्।
दोस्रो विकल्पमा केन्द्रीय कार्यसमितिले माघ ६ पछिको मिति तय गरी महाधिवेशन प्रतिनिधिहरुको भेला बोलाउने प्रस्ताव गरेका छन् भने तेस्रो विकल्पका रूपमा पार्टी विधानअनुसार वैशाखमा हुने १५औं नियमित महाधिवेशन सफल बनाउन जोड दिएका छन्।











प्रतिक्रिया