काठमाडौं ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ। उहाँले हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँदै संवाद र आपसी सम्मानलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
नेपालको संविधानले धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको परिकल्पना गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले विविधता, सहअस्तित्व र परस्पर विश्वास नै नेपालको पहिचान भएको बताउनुभयो। साथै, उहाँले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।












प्रतिक्रिया