प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह


काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् ।

राजनीतिक गतिविधिमा बढी केन्द्रीत भएको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको यो कदम सरकारको कार्यक्षमता र अनुशासन कायम गर्नका लागि उठाइएको बताइएको छ ।