नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय सर्‍यो


काठमाडौं । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन गरिएको छ।

२०८२ पुष २२ गते मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक अब सोही दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।