काठमाडौँ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति पनि तराई क्षेत्रमा हुस्सु कायमै रहने महाशाखाले जनाएको छ।
हुस्सु, कुहिरो र हिमपातका कारण जनजीवन, स्वास्थ्य, पर्यटन तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।











प्रतिक्रिया