काठमाडौं ।
आगलागीजन्य प्राकृतिक विपद् न्यूनीकरण तथा आपतकालीन उद्धार क्षमतालाई सुदृढ बनाउने उद्देश्यले प्रहरी कर्मचारीहरूलाई अग्नि नियन्त्रणसम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तत्वावधानमा २०८२ पुष २१ गते आयोजित उक्त कार्यक्रम आउँदै गरेको ग्रीष्म ऋतुमा हुनसक्ने आगलागी जोखिमलाई मध्यनजर गर्दै सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत धनजनको क्षति हुन नदिन तथा आपतकालीन अवस्थामा तत्काल उद्धार कार्यमा खटिन प्रहरीलाई तयारी अवस्थामा राख्ने उद्देश्य राखिएको थियो।
विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट आएका प्रशिक्षकहरूले आगलागी नियन्त्रण, उद्धार विधि, Fire Extinguisher को प्रयोग तथा आवश्यक सुरक्षा सतर्कतासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेका थिए।
उक्त अनुशिक्षण कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत १३० जना प्रहरी कर्मचारीको सहभागितामा सम्पन्न भएको हो। कार्यक्रमले प्रहरीको विपद् प्रतिकार्य क्षमता थप सुदृढ हुने विश्वास लिइएको छ।













प्रतिक्रिया