काठमाडौँ ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी सोमबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्नेछ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक गतिविधि तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ। मुख्य सचिव पौडेलले कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरेका छन्।











प्रतिक्रिया