काठमाडौँ ।
नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ थियो ।यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ, जुन आइतबार ४ हजार ५०० रुपैयाँ थियो ।











प्रतिक्रिया