उदयपुर ।
उदयपुरको बेलका नगरपालिका वडा नं ३ किरात चोकमा आइतबार बिहान एक युवाले आफ्रनी श्रीमतीको छुरा प्रहारगरेर हत्या गरेका छन भने आफूले पनि आफैँलाई छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आइतबार बिहान ८ बजेतिर बेलका नगरपालिका वडा नं ३ किरात चोक घर भएका वर्ष ३० का खगेन्द्र राई र निजकी श्रीमती भावना भन्ने गंगा राई विचमा एकापसमा झै झगडा भएकोमा श्रीमान खगेन्द्रले श्रीमतीलाई छुरा प्रहार गरेर घाइते बनाएका थिए ।
गंगा राईलाई श्रीमान खगेन्द्रले छुरा प्रहार गरी घाइते बनाएपछि खगेन्द्र आफूले पनि आफैलाई छुरा प्रहार गरेर आत्महत्याको प्रयास गरेकोमा स्थानीयले देखेपछि रोकेको र दुबैलाई उपचारकालागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा लगिएको थियो ।
श्रीमती गंगाराईको उचरको क्रममा आइतबार बिहान ९ः५० बजे ज्यान गएको छ । उनका श्रीमान खगेन्द्रको भने सोही अस्पतालमा प्रहरीको प्रत्यक्ष निगरानीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उक्त घटना सम्बन्धमा बेलका नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया