पश्चिमी वायुको प्रभावः पहाडमा आंशिक बदली, तराईमा हुस्सु


काठमाडौँ ।

देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ।