काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ।
आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
आजै दिउँसो रास्वपाले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।
त्यसपछि पुन: बसेको बैठकले बालेनसहितलाई केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनीत गरेको हो । त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको सङ्ख्या थप गर्ने निर्णय पनि गरेको थियो ।











प्रतिक्रिया