काठमाडौँ।
‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’को अवसरमा पौष २० गतेदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम शुरु भएको छ ।
झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुलस्थित सीमा इलाकाबाट आईतबार बिहान झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले मार्च टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए ।

त्यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–११ गड्डाचौकी सीमा ईलाकाबाट आईतबार बिहान कञ्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी मदन कोईराला र सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले मार्च टोलीलाई झण्डा हस्तान्तरण गरी सो कार्यक्रम शुरु गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षाको प्रतिबद्धता, सतर्कता र उपस्थिती सशक्त रुपमा प्रदर्शन गर्न, संगठनभित्रको समन्वय, टोली भावना सुदृढ र सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डासहित मार्च गर्ने टोली एक जिल्लाबाट अर्को जिल्लामा रहेको सशस्त्र प्रहरी कर्मचारीलाई सो झण्डा हस्तान्तरण गर्नेछ ।

सशस्त्र प्रहरी बल नेपालले २५औँ वर्षको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने तथा देशभर राष्ट्रव्यापी सन्देश फैलाउने उद्देश्यकासाथ पूर्व–पश्चिम झण्डा मार्च गर्न लागिएको हो । झण्डा मार्चले सशस्त्र प्रहरी बल नेपालको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका झल्काउने विश्वास समेत गरिएको छ ।











प्रतिक्रिया