हस्तकला व्यवसाय प्रवद्र्धनमा स्थानीय तह सक्रिय हुन माग


ललितपुर ।

ललितपुरका हस्तकला व्यवसायीहरुले हस्तकलाको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने खाँचो औल्याएका छन्।

ललितपुर हस्तकला संघको शनिबार सम्पन्न १९ औं वार्षिक साधारणसभाका वक्ताहरुले सो खाँचो औल्याएका हुन्।संघका अध्यक्ष प्रदीप बज्राचार्यले हस्तकला सम्बन्धी ज्ञान,सीपलाई नयाँपुस्तामा हस्तातरणमा ललितपुरका स्थानीय तहले उचित सहयोग गर्न माग गर्नुभयो।

स्थानीय तहले गरेका विभिन्न मेला, महोत्सवमा स्थानीय कालिगढ र हस्तकलाका कलाकारहरुले भाग लिँदै आएको जनाउँदै अध्यक्ष बज्राचार्यले हस्तकलाको प्रवद्र्धन नीति तर्जुमा गरी त्यसको कार्यान्वयनलाई प्रँथमिकतामा राख्नुपर्ने बताउनुभयो।पुस्तौंपुस्तादेखि हस्तकला व्यवसायमा संलग्न कालिगढ र कलाकारहरुको व्यवसाय प्रवद्र्धनमात्र नभई उनीहरुको पु¥याएको योगदानलाई कदर र पहिचान गर्नुपर्नेमा उहाँको जोड रहेको छ।

संघले हाल वार्षिक कार्यक्रम अन्तर्गत खेर गएका प्लास्टिकका बोटलबाट विभिन्न कलात्मक सामग्री बनाउने तालिम सञ्चालन गर्दै आएको छ।त्यसैगरी व्यवसायीको ज्ञान,सीप तिर्खान विभिन्न तालिम, धातुका मँर्तिहरुको बजारीकरण, कालिगढ र कलाकारको सम्मान र महानगरपालिकाको स्रोत र साधनमा सञ्चालित कोसेली घरलाई व्यवस्थित गर्दै आएको संघले जनाएको छ।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले हस्तकला क्षेत्रले व्यवसायमा पु¥याएको योगदान, तिनले निर्यातमा पु¥याएको हिस्सालाई मध्यनजर गरी संघ, प्रदेश र स्थानीय तहले त्यसको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा रँख्नुपर्ने बताउनुभयो।स्थानीय तहले हस्तकलाको संरक्षणको विषय प्राथमिकतामा राखेर नीति नबाएको र बनाएका केही नीतिहरु कार्यान्वयन हुन नसकेको पनि संघका अध्यक्ष बज्राचार्यको भनाई रहेको छ।

नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले हस्तकला व्यवसायीको क्ष्ँमता अभिवृद्धिको लागि स्थानीय तहले तालिम दिनुपर्ने र स्थानीय तहले दिइरहेका तालिमहरुको माग र औचित्यबारे उचित तवरले मुल्याकंन हुनुपर्ने धारणा राख्नुभयो।व्यापार तथा निकासी प्रवद्र्धनका कार्यकारी निर्देशक शरदविक्रम राणाले हस्तकला व्यवसायीहरुले ल्याएका एजेण्डा र सुझावलाई सरकार, स्थानीय तहले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो।

सभाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका उपमेयर हस्तकला र संस्कृति भनेको ललितपुरको पहिचान रहेको उल्लेख गर्दै हस्तकला नरहने हो भने ललितपुरको पहिचान नरहने बताउनुभयो।हस्तकला संरक्षण र सम्वद्र्धनमा महानगरपालिकाको चासो र चिन्ता रहेको पनि उहाँको कथन रहेको छ।व्यवसायीहरुले आफ्नो समस्या साधारणसभाका बखतमा मात्र नभई त्यसको समाधान नभएसम्म निरन्तर पैरवी गरिरहन पनि उपमेयर शाक्यले व्यवसायीहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा ललितपुर चेम्बर अफ कर्मशका अध्यक्ष पुष्परत्न शाक्य, संघका महासचिव कपिल शाक्य, कोषाध्यक्ष कमला ताम्रकार लगायतले हस्तकलाको विकासको लागि व्यवसायी संघसंस्थाको एजेण्डा, हालको समस्याबारे केन्द्रीत गरी आआफ्नो भनाई राख्नुभयो ।