द गभर्नर ह्विस्की अब १ सय ८० एमएलको आकर्षक प्याकमा


काठमाडौँ
सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क व्हिस्की ७ सय ५० एमएलको सफल सुरुवातपछि आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क व्हिस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ ।

नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ, जुन परिवर्तनशील उपभोग अवसरसँग पनि उपयुक्त छ ।

द गभर्नर स्मोकवुड कास्क व्हिस्की १० वर्षसम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको द गभर्नर ह्विस्कीले आफ्नो मूल दर्शन— “दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड”लाई प्रतिबिम्बित गर्छ । हाइल्याण्ड र स्पेसाइड स्कच माल्ट विश्वका उत्कृष्ट माल्टमध्ये मानिन्छन्, किनकि शताब्दीयौँको शिल्पकला र परम्पराले आकार दिएको असाधारण सन्तुलन, गहिराइ र स्थिर गुणस्तर यिनले प्रस्तुत गर्छन् । यी दुईले मिलेर स्कच ह्विस्कीको चरित्रको सर्वोच्च अभिव्यक्ति प्रतिनिधित्व गर्छन् । हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्छ । स्मोकवुड कास्कमा तैयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटका साथ सौम्य स्मोक फ्लेभर अनुभव गर्न सकिन्छ ।

लन्चबारे टिप्पणी गर्दै, सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताउनुभयो ।
द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य ७ सय ४५ मा उपलब्ध हुनेछ ।

सागर डिस्टिलरी लिमिटेडबारे

सागर डिस्टिलरी लिमिटेड नेपालस्थित एक प्रगतिशील मदिरा उत्पादक कम्पनी हो, जसको आधुनिक ब्लेन्डिङ तथा बोटलिङ सुविधा रहेको छ । कम्पनीको बढ्दो पोर्टफोलियोमा नेप्से बुल्स रेयर माल्ट व्हिस्की, रोयल ब्लू, म्याक्स, ग्रे वुल्फ, बेरीज एंड ब्लूज जस्ता ब्रान्ड समावेश छन् । सागर डिस्टिलरी लिमिटेड गुणस्तरप्रतिको अडिग प्रतिबद्धताबाट प्रेरित छ ।