काठमाडौँ
प्रिमियम तथा विश्वसनीय टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा नयाँ, अत्याधुनिक शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । सोमबार बिहान ११ः३० बजे सम्पन्न उद्घाटन समारोहसँगै उक्त शोरूम त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सद्वारा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
यस नयाँ शोरूमले भार्दह तथा आसपासका क्षेत्रका ग्राहकलाई उच्च गुणस्तरका प्रिमियम टायल सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ । परिष्कृत, अन्तरक्रियात्मक र विश्वस्तरीय खरिद अनुभव प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस शोरूमले यस क्षेत्रमा बढ्दो आवासीय तथा व्यावसायिक निर्माण आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर सर्वेश नायक, कजारियाका एरिया सेल्स प्रतिनिधि, विशिष्ट अतिथि, व्यवसायिक साझेदार तथा स्थानीय शुभेच्छुकको उल्लेखनीय उपस्थिति रहेको थियो । नायकले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए । यो उद्घाटन कजारियाको देशव्यापी खुद्रा सञ्जाल विस्तारतर्फको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
अवसरमा बोल्दै त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रतिनिधिले गुणस्तर र नवीन डिजाइनका लागि परिचित कजारियाजस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले नयाँ शोरूममार्फत ग्राहकले सजिलै प्रिमियम टायल प्राप्त गर्न सक्ने र यसले सुन्दर तथा दीगो संरचना निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भार्दहमा सुविधाजनक स्थानमा अवस्थित यस शोरूममा आवासीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त कजारियाका प्रिमियम टायलको विस्तृत संग्रह उपलब्ध छ । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै अत्याधुनिक प्रविधियुक्त टायल उत्पादन कारखाना सञ्चालन गर्दै ३ हजार भन्दा बढी डिजाइन विकल्पमार्फत नेपाली टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।
हाल कजारिया नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १ सयभन्दा बढी अधिकृत डिलरमार्फत सञ्चालनमा रहेको छ । भार्दहमा नयाँ शोरूमको उद्घाटनसँगै नेपालका सबै क्षेत्रमा विश्वस्तरीय टायल सहज रूपमा उपलब्ध गराउने कजारियाको लक्ष्यतर्फ अर्को महत्वपूर्ण कदम अघि बढेको छ ।











प्रतिक्रिया