रोटरी काठमाडौँ हेरिटेजको अध्यक्षमा बिना पाठक(पन्त)


काठमाडौँ
रोटरी काठमाण्डौ हेरिटेजको रोटरी बर्ष २०२६÷२७ को अध्यक्षमा बिना पाठक –पन्त) निर्वाचित हुनुभएको छ ।

काठमाण्डौंमा सम्पन्न भएको निर्वाचन कार्यक्रमा २०२६÷२७ को लागि निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रेसिडेन्ट ईलेक्टमा पुण्यप्रसाद न्यौपाने, प्रेसिडेन्ट नोमिनीमा डा. बुद्धि मल्ल, भाईस प्रेसिडेन्टमा प्रा.डा. भीमप्रसाद सुबेदी, सचिवमा नबिनमुनि बज्र्राचार्य, कोषाध्यक्षमा यादव भण्डारी निर्वाचित भएका छन् भने क्लबले अन्य बिभिन्न पदाधिकारी एवं कमिटीको लागि संयोजक एवंम सदस्यहरुको निर्वाचनसमेत सम्पन्न गरेको छ ।

क्लबले बातावरण, हेरिटेज, शिक्षा, स्वास्थ लगायत अन्य विभिन्न क्षेत्रमा महत्वपूूर्ण सामाजिक कार्य गर्दै आईरहेको छ । हालसालै क्लवले नुवाकोटको गणेश सूर्य विद्यालय, लिखुमा दुईओटा शौचालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको थियो भने यहि पौष महिनाभित्रै दुईओटा विषयमा सम्बन्धित क्षेत्रका विज्ञबाट ज्ञान आदान प्रदान गर्ने कार्यक्रम आयोजना गर्न लागेको छ ।

क्लवले सामाजिक कार्यमा अझै बढी योगदान गर्ने उदेश्यका साथ अन्य देशका रोटरी क्लवसँग सम्बन्ध स्थापित गरेको छ । गत वर्ष रोटरी क्लब अफ चेन्नाई मेराकीसँग भागिनी सम्बन्ध बनाएको क्लवले यस वर्ष फिलिपिन्सको ईल्लोकोस नोर्टे सेन्ट्रलसँग भागिनी सम्बन्ध बनाएको छ भने भविष्यमा पनि अन्य क्लवसँग सम्बन्ध स्थापित गर्दै समाजमा आवश्यक विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै जाने क्लवका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुुभयो ।