काजुयोशी मिउरा आउँदो फेबु्रवरीमा ५९ वर्षमा लाग्नेछ । यस उमेरमा पनि काजुयोशीको फुटबल खेल्ने चाहना समाप्त भएको भने छैन । यसैले पनि उनी विश्वकै सबैभन्दा पाको प्रोफेशनल फुटबलरका रूपमा परिचित छन् ।
हालै काजुयोशी जापानको थर्ड डिभिजन टिम फुकुशिमा यूनाइटेडसँग लोनमा अनुबन्ध भएका हुन् । यसको मतलब उनले जे लिग (जापानिज लिग) खेल्ने छन् । उनले भनेका पनि छन् कि उनी ६० वर्षको उमेरसम्म खेल्नेछन् ।
पूर्व जापानीज स्ट्राइकरले पहिलो पटक सन् १९८६ मा खेलेका थिए । उनले ब्राजिलियन टिम सान्तोसबाट करिअर शुरु गरेका थिए । यहाँदेखि उनको फुटबल यात्रा शुरु भएको हो । अहिले उनी प्रोफेशनल फुटबलरका रूपमा ४१ औं सिजन खेल्दै छन् ।
किंग काजु उपनामले चिनिने उनले इटालि, क्रोएसिया र अस्टे«लियामा क्लब फुटबल खेलेका छन् । उनले अन्तर्राष्ट्रिय करिअरमा ८९ खेलमा ५५ गोल गरेका थिए । उनको अन्तर्राष्ट्रिय करिअर सन् २००० मा सकिएको थियो ।
काजुकोबारे केही तथ्यहरू
-सन् १९९० मा २३ वर्षको उमेरमा बंगलादेशविरुद्ध जापानी राष्ट्रिय टोलीका लागि डेब्यु गरेको ।
-सन् १९९३ मा जे लिगमा मोस्ट भ्यालुएबल प्लेयर बनेको ।
-१९९४ मा इटालिको शीर्ष लिग सिरी ए मा खेल्ने पहिलो जापानीज फुटबलर बनेको ।
-२०१७ मा जे लिगमा गोल गर्ने पाको खेलाडी बनेको । उनले ५० वर्ष १४ दिनको उमेरमा योकोहोमाका लागि गोल गर्दै बीली मेरेडिथको रेकर्ड तोडेको ।
-मेरेडिथले वेल्सका लागि सन् १९१९ मा इंग्ल्यान्डविरुद्ध ४५ वर्ष ७३ दिनमा गोल गरेका थिए ।











प्रतिक्रिया