एनएमबि क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह २०२५ अवसरमा काठमाडौँ र नुवाकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौँ
एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता पहलअन्तर्गत काठमाडौँ र नुवाकोटमा लगानीसम्बन्धी जनचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत मिति २०८२÷०८÷२९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटस्थित पोष्टबहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीलाई लक्षित गर्दै लगानी चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । सोही दिन काठमाडौँको टङ्गालस्थित टङ्गाल उच्च माध्यमिक विद्यालयका विद्यार्थीका लागि पनि यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो । नुवाकोटमा सम्पन्न कार्यक्रममा एनएमबि क्यापिटलका कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपी प्रमुख मणिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का तथा पोर्टफोलियो सहायक विकेश बाडेले संयुक्त रूपमा सहजीकरण गरेका थिए। त्यस्तै, टङ्गालमा आयोजित कार्यक्रममा स्कीम सहायकहरू लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पूँजीबजारका विभिन्न पक्ष, लगानीका अवसर, जोखिम व्यवस्थापन तथा वित्तीय सचेतनाका विषयमा जानकारी प्रदान गरिएको थियो। साथै, कार्यक्रमको अन्त्यमा सहभागीहरूले उठाएका जिज्ञासाहरूको स्पष्ट र व्यवहारिक रूपमा सम्बोधन गरिएको थियो ।

एनएमबि क्यापिटल लिमिटेडले यस्ता कार्यक्रममार्फत विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै जिम्मेवार र सचेत लगानीकर्ताको विकासमा योगदान पु¥याउँदै आएको जनाएको छ ।