काठमाडौँ
नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपियाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपियाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार शेयरको अन्तिम बाँडफाट गरेको हो । संस्थागत लगानीकतारुलाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार शेयर बाँडफाँट गरिएको हो ।
नेपाल राष्ट्र बंैक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको हो । अविमोच्य असञ्चिति अग्राधिकार शेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभाशं पाउने विशेषता भएको पुँजी बजार उपकरण हो ।
यस उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास लिएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।
नेशनल घर निर्माण एक्स्पो–२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीन जानकारी र अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनासँगै विभिन्न संरचना निर्माणमा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा ४३ र ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर र निःशुल्क प्राविधिक सेवाका कारण शिवम् सिमेन्ट ग्राहकहरूमाझ अत्यधिक रुचाइएको र विश्वास गरिएको असली ओपीसी सिमेन्टको रूपमा स्थापित भएको छ ।
नेपाल गुणस्तर चिन्हसहित विभिन्न अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा चुनौतीपूर्ण परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।











प्रतिक्रिया