नेशनल घर निर्माण फेस्ट–२०८२ को प्लाटिनम टाइटल प्रायोजकमा शिवम् सिमेन्ट


काठमााडौँ

स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड प्लाटिनम टाइटल प्रायोजकका रूपमा आबद्ध भएको हो ।

घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रियस्तरको प्रदर्शनी २०८२ पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ ।

घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श र सामग्री प्रस्तुत गरिनेछ । साथै, नेपालभरिका निर्माण व्यवसायी र नवीन प्रविधि एउटै थलोमा अवलोकन गर्न सकिनेछ । कार्यक्रमले गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ ।

यसैगरी, एक्स्पोको विशेष आकर्षणका रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ । यस प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ ।

नेशनल घर निर्माण एक्स्पो–२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीन जानकारी र अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनासँगै विभिन्न संरचना निर्माणमा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर तथा ४३ र ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर र निःशुल्क प्राविधिक सेवाका कारण शिवम् सिमेन्ट ग्राहकहरूमाझ अत्यधिक रुचाइएको र विश्वास गरिएको असली ओपीसी सिमेन्टको रूपमा स्थापित भएको छ ।

नेपाल गुणस्तर चिन्हसहित विभिन्न अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा चुनौतीपूर्ण परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।