काठमाडौँ
कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०८१÷८२ उन्नााईसौ वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मिति २०८२÷०८÷२९ गते सोमबार सम्पन्न गरेको हो ।
कृषि विकास बृहत कार्य संजालद्धारा आफ्ना वस्तु÷सेवालाई देशका अति दुर्गम देखि सुगम ठाउँमा स्थापना भएका शाखा, मुख्य कार्यालयसमेत गरी २ सय ८५ ओटा कार्यालयमार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल बैंक हो । नेपालका बाणिज्य बैंक मध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको छ ।
यस साधरणसभामा शेयर धनीलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (करसहित) उपलव्ध गराउने प्रस्तावसमेत साधरणसभाबाट पारित भएको हो । यथाशिघ्र सोहीअनुसारको लाभाशं शेयरधनीलाई उपलव्ध गराईने प्रतिवद्धताका साथ आर्थिक वर्ष २०८१÷०८२ कृषि विकास बैंक लि.को उन्नाईसौँ वार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलज्यूको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त साधरणसभामा बक्ताको रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत ९ जनाले आफ्नो भनाई राख्नु भएको थियो । सभामा शेयरधनीले लिखित मन्तव्यसमेत दिनु भएको थियो ।
कार्यक्रमा शेयरधनीले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष डिमप्रसाद पौडेलले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धतासमेत व्यक्त गर्नु भएको थियो । ।











प्रतिक्रिया