आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको १५.७८९५५ प्रतिशत नगद लाभांश पारित


काठमाडौ

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारण सभा मिति २०८२÷०८÷२९ गते सोमबार, तद्नुसार डिसेम्बर १५, २०२५का दिन बौद्ध हेरिटेज,बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१÷८२को मुनाफाबाट चुक्ता पू“जीको १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२÷८३ को लागि बा≈य लेखापरीक्षकमा “एस.ए.आर.एसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

चुक्तापू“जी एकअर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को असोज मसान्तसम्म २१ अर्ब ४४ करोड निक्षेप संकलन र १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरिसकेको छ ।