मेटलाइफ नेपालले २४ वर्ष पूरा गर्दै


काठमाडौं

मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकउत्सव मनाएसँगै देशभरका लाखौँ मानिसको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ ।

विगत वर्षमा कम्पनीले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणमा नेपालीको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहकको पहुँच र सुविधा बढाउने क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ । यसै क्रममा, कम्पनीले ३ सय ६० हेल्थ सेवा र वान बाई मेटलाइफ मोबाइल एपमार्फत स्वास्थ्य व्यवस्थापन सेवा प्रारम्भ गर्ने नेपालकै पहिलो बीमा कम्पनी बनेको छ ।

वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइको संयोजनसँगै, मेटलाइफ नेपालले नेपाली परिवारलाई प्रदान गर्दै आएको मार्गदर्शन र समर्थनको स्तरलाई लगातार सुदृढ बनाइरहेको जनाएको छ ।
यस वर्ष ग्रेट प्लेस टु वर्कू मान्यता प्राप्त गर्न मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता कल्याणकारी पहलमा उनीहरूको समर्पणप्रति कम्पनीले प्रशंसा प्रकट गरेको छ—किनकि सुरक्षा जीवनका सबै पक्षहरूमा विस्तार हुने कुरा मेटलाइफ नेपाल बुझ्दछ ।

मेटलाइफको बारेमा

मेटलाइफ, इंक (एनवाईएसई) आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित मेटलाइफ) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनी मध्येको बीमा, एन्युटी, कर्मचारी लाभ योजना र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको इलाइफ, विश्वभर ४० भन्दा बढि बजारमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।