कुमारी बैंकले ल्यायो ग्रिन हायरपर्चेज कर्जा


काठमाडौँ

दिगो विकासका लक्ष्य प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपमार्फत टेवा पु¥याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

दिगो, समावेशी तथा जम्मेवार बंैकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न प्रतिबद्ध यस बैंकले जिआईजेड, ग्लोबल ग्रिनग्रोथ इष्टिच्यूट आदिजस्ता संस्थाद्धारा ब्यावस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (सेट४एनपिएल) परियोजनाअन्र्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत सार्वजनिक यातायात सेवाप्रवाहमा आवद्ध व्यक्तिले विद्युतिय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिँदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानसमेत पाउने छन् । त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिले आफ्ना सवारीसाधनलाई विद्युतिय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमासमेत थप अनुदान प्राप्त गर्न सकिने छ । यसका लागि ऋणिले परियोजनामा आवद्ध सवारीसाधन आपुर्तिकर्ताबाट विद्युतिय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजातसहित कुमारी बैंकको शाखामा सम्पर्क गर्नुपर्नेछ ।

यस योजनाअन्तर्गत समावेश गरिएका अनुदानले ऋणिको शुरुवाती पुजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतिय सवारी साधनको प्रयोगसँगै प्रदूषणसमेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभ प्राप्त हुने बैंकका दिगो बैकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले बताउनु हुन्छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाई तथा ३ सइ १७ एटिएममार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।