काठमाडौँ
शिवम् सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९÷८० को वार्षिक साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गौरव गोयल को अध्यक्षतामा बसेको सभाले सामान्य तथा विशेष दुवै प्रकारका प्रस्ताव सर्वसम्मतिपूर्वक पारित गरेको कम्पनीले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरियो । यससँगै कम्पनीले सो वर्ष आर्जन गरेको नाफाबाट १० प्रतिशत नगद लाभांश (करसहित) तथा २.५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पनि बहुमतले अनुमोदन गरेको छ ।
यसअनुसार कम्पनीका शेयरधनीहरूले कुल १२.५ प्रतिशत लाभांश प्राप्त गर्ने भएका छन् ।
बोनस शेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी बढेर ५ अर्ब ५९ करोड २८ लाख १२ हजार ७ सय ५० पैसा रुपियाँ पुग्नेछ ।
सभामा अध्यक्ष गोयलले शेयरधनीले राखेका सुझाव तथा सल्लाहलाई कम्पनीले आगामी योजनामा आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कम्पनीको भावी रणनीति र विस्तार योजनाबारे पनि सभालाई अवगत गराउनुभएको थियो ।
राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा विहान १०ः३० बजे प्रारम्भ भएको साधारण सभा १३ः०६ बजे सम्पन्न भएको थियो । सौहार्दपूर्ण वातावरणमा सम्पन्न सभाका लागि सहयोग पु¥याउने सबैप्रति कम्पनीले धन्यवाद प्रकट गरेको छ ।











प्रतिक्रिया