काठमाडौँ
शिवम् सिमेन्ट लिमिटेडले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै कम्पनीले छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।
कम्पनीले हेटौंडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १ सय ४ जना छात्रा विद्यार्थीलाई चालू शैक्षिक सत्रका लागि उक्त छात्रवृत्ति प्रदान गरेको हो। विद्यालय संचालनका लागि विद्यार्थीबाट लिइँदै आएको ८ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
उक्त छात्रवृत्ति १७ नम्बर वडा जन प्रतिनिधि, शिवम् सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ। उक्त छात्रवृत्तिले छात्राहरूको मनोबल उच्च हुनुका साथै विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने विश्वास कम्पनीले लिएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुरÞ्याएकोमा शिवम् सिमेन्टप्रति धन्यवाद व्यक्त गर्नुभयोख । यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने उनले बताउनुभयो ।
साथै, उद्योग सन् २०६८ सालमा स्थापना भएदेखि विद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले आगामी शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिदिन आग्रह पनि गर्नुभयो ।
कम्पनीले यसअघि पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा कम्पाउण्ड वाल निर्माण, बसको व्यवस्था तथा कम्प्युटर÷प्रिन्टरलगायतका शैक्षिक सामग्री सहयोग गर्दै आएको जनाएको छ ।











प्रतिक्रिया