काठमाण्डौँ
सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार(आज) बिहान बसेको सञ्चालक समितिको १२५ औं बैठकले आर्थिक वर्ष २०८१÷८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल यो कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्न खोजेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश लगानीकर्ताले पाउनेछन् ।











प्रतिक्रिया