रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गर्यो


काठमाडौँ

नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँच योग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत, रमेश गुप्ता मेमोरियल ट्रस्टले नेपालको अग्रणी बैंक, महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ ।

यसले अस्पतालको बालक क्यान्सर सेवालाई सुदृढ बनाउनेछ र आईसीयू क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । यस सहयोगले नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँच योग्य बनाउन मद्दत गर्नेछ ।

यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलाव पार्न थालिएको ठूलो प्रयासको हिस्सा हो । यसका साथै, हाम्रो विश्वव्यापी साझेदार वर्ड चाइल्ड क्यान्सरको सहकार्यमा, हामी नेपालका सबै सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्र ( सेरिड केयर सेन्टर)लाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै आएका छौँ । यी केन्द्रले उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा बालबालिका आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् र बारम्बार लामो दुरीको यात्रा गरिराख्नु पर्ने आर्थिक र मानसिक तनावलाई पनि कम गर्दछ ।

रमेश गुप्ता मेमोरियल ट्रस्ट बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न ३६०–डिग्री दृष्टिकोणसहित कार्यरत छ । स्वास्थ्यकर्मी तालिम देखि जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकास देखि परिवारलाई आर्थिक, भावनात्मक र मनोसामाजिक सहयोग प्रदान सम्म हाम्रो उद्देश्य नेपाली बालकले क्यान्सर विरुद्धको लडाइँमा गुणस्तरीय उपचार, आशा र बाँच्ने निष्पक्ष अवसर प्राप्त गर्न सहयोग गर्नु हो ।

ट्रस्टका अनुसार, नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक छ । यसको जारी प्रयासले हरेक बालबालिकाले, चाहे जहाँ बसोबास गरे पनि, गुणस्तरीय क्यान्सर उपचार पहुँच पाउन र बाँच्ने र जीवन सफल बनाउन उचित अवसर पाउन सक्ने प्रणाली निर्माण गर्ने प्रतिबद्धता देखाउँछ ।