एमएडब्लू वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’


काठमाडौँ
एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’ प्राप्त गरेको छ । यो सम्मान बेइजिङमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो ।

१४० भन्दा बढी देशको सहभागिता रहेको कर्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको छ । फोटोनको लागि नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी बजारमध्ये एक रहेको र अहिले नेपालको कमर्शियल इभी क्षेत्रमा फोटोन दोस्रो स्थानमा पुगिसकेको कम्पनीले जनाएको छ ।
फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेको यो अवार्ड एमएडब्लू वृद्धिका म्यानेजिङ डायरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए ।

फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२६ नोभेम्बर ६ देखि १० सम्म बेइजिङ्गमा भएको थियो । ‘अ शेयर्ड भिजनस् टु बी अ वल्र्ड–क्लास कमर्सियल भेहिकल इन्टरप्राइज’ भन्ने विषयवस्तुका साथ आयोजित यस कार्यक्रममा १४० भन्दा बढी देशका २,००० भन्दा धेरै साझेदारको सहभागिता थियो । कार्यक्रममा ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शन गरिएका थिए र उद्योगको भविष्यलाई अघि बढाउने नवीनतम प्रविधि र अभिवृद्धि योजनाहरू पनि प्रस्तुत गरिएको थियो ।

एमएडब्लू वृद्धि कमर्शियल नेपालमा व्यवसायिक सवारीसाधनको एक प्रमुख आपूर्तिकर्ता हो र राम्रा र सहज प्रकारका यातायात समाधानको विकास र आपूर्तिका लागि प्रतिबद्ध रहेको बताइएको छ । । कम्पनी फोटोन सवारीसाधनको अधिकृत डिस्ट्रीब्युटर हो र ग्राहक आवश्यकता पूरा गर्न विश्वसनीयता, प्रदर्शन र सन्तुष्टिमा विशेष जोड दिदै आएको छ । एमएडब्लू वृद्धि कमर्शियलले व्यवसायिक ग्राहकलाई उच्च गुणस्तरका सवारीसाधन र विश्वस्तरिय आफ्टर–सेल्स सर्भिस प्रदान गर्न देशभर शोरूम र सर्भिस सेन्टरहरूको सञ्जाल विस्तार गरिरहेको छ । नेपालमा फोटोनको सफलतामा योगदान गर्ने सबै कर्मचारी, साझेदार र सहयोगीलाई कम्पनीले आभार व्यक्त गरेको छ ।