काठमाडौँ
हुन्डाई नेपालले “अपग्रेड टु द पर्फेक्ट ईभी” भन्ने नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारीसाधन साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसर पाउनेछन् । यो अफर आजदेखि नेपालभर रहेका सबै हुन्डाई शोरूममा लागू गरिएको छ ।
हुन्डाई क्रेटा ईभीमा हुन्डाईको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन पाइन्छ, जसले विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न चाहने ग्राहकका लागि यो एक उत्कृष्ट विकल्प बनाउँछ। प्रत्येक खरिदसँगै छ वर्षको निःशुल्क मर्मत सेवा र तीन वर्षको वारेन्टी उपलब्ध गराइनेछ, जसले ग्राहकलाई थप निश्चिन्तता प्रदान गर्छ ।
यस अफर अन्तर्गत ग्राहकले १ लाख रुपियाँसम्मको एक्सचेञ्ज बोनस, ७५,००० रुपियाँको विशेष छुट र २५,००० रुपियाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछ् । साथै, यस अफरमा एक वर्षको व्यापक बिमा (कम्प्रिहेन्सिभ इन्स्योरेन्स) र सडक कर रोड ट्याक्ससमेत समावेश गरिएको छ, जसले हुन्डाई क्रेटा ईभीको खरिदलाई अझ आकर्षक र सुविधाजनक बनाएको छ ।
हुन्डाई क्रेटा ईभीले एकपटक पूर्णचार्जमा तीन सय नव्वे किलोमिटर सम्मको दूरी तय गर्न सक्छ । यसमा २ सय मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ, जसले नेपाली सडकमा सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ ।
यो सीमित अवधिको अफरले विद्युतीय सवारीसाधनमा स्विच गर्न चाहने सबैका लागि एक सुनौलो अवसर प्रदान गरेको हुन्डाई नेपालले जनाएको छ । कम्पनीले सबै इच्छुक ग्राहकलाई नजिकको हुन्डाई शोरूममा गई “पर्फेक्ट ईभी” मा अपग्रेड गर्न आग्रह गरेको छ ।











प्रतिक्रिया