ग्राहकले अब “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला” योजना कार्तिक २७ सम्म लाभ उठाउन सक्ने


काठमाडौँ ।

सिप्रदी अटोपाट्र्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर १३) सम्म टाटा जेन्युइन पाट्र्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदको समयमा नै रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन् ।

यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कार्तिक २८ (नोभेम्बर १४) मा गरिने भएको छ ।

यसअघि कार्तिक २१ (नोभेम्बर ७) गते लक्की ड्र रिभिल गर्ने जानकारी भए पनि, ग्रा हकहरूलाई अझ बढी सहभागी हुन अवसर उपलब्ध गराउने उद्देश्यले रिभिल मिति सारिएको कम्पनीले जनाएको छ । लक्की ड्रबाट विजेताहरूको नाम घोषणा सिप्रदी अटोपाट्र्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक सहभागी ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।

बम्पर उपहारः बजाज पल्सर १५०अअ मोटरसाइकल, दोस्रो प्रमुख उपहारः त्ख्क् ल्त्इच्त्त १२५ स्कुटर, अन्य आकर्षक उपहारहरूः स्मार्ट टिभी तथा स्मार्टफोन, दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको यस अफरले नेपालभरका टाटा सवारीसाधन प्रयोगकर्ताहरूबाट उच्च उत्साह र सकारात्मक प्रतिक्रिया पाउँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरूलाई कार्तिक २७ (नोभेम्बर १३) भित्रै टाटा जेन्युइन पाट्र्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ ।