काठमाडौँ
जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालको अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड “प्रोटोन ईमास”ले धनगढीको बोराडाँडीमा अत्याधुनिक शोरूमको भव्य उद्घाटन गर्दै आफ्ना व्यवसायिक विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ ।
यस अवसरमा ब्रान्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधनहरू हस्तान्तरण समेत गरेको छ, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साहलाई झल्काएको छ ।

नयाँ उद्घाटन गरिएको यो अत्याधुनिक थ्री–एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधा केन्द्रले बिक्री, मर्मत–सम्भार र पाट्र्स सेवाहरू एकै छानामुनि उपलब्ध गराएको छ ।
ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस केन्द्रले धनगढीका प्रोटोन ईमासका ग्राहकलाई देशभर समान प्रकारको सेवा मापदण्डसहित सुविधा उपलब्ध गराएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री शिराज जोशी रहनुभएको थियो । कार्यक्रममा अन्य अतिथि, उद्योग जगतका प्रतिनिधि तथा सञ्चारकर्मीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा रिबन काट्ने, उत्पादन प्रदर्शन तथा सवारी साधन हस्तान्तरण जस्ता आकर्षक गतिविधि सम्पन्न भएका थिए, जसले प्रोटोन ईमास ७ प्रति उपस्थितको उत्साह झनै बढाएको थियो ।
कार्यक्रमका क्रममा केही ईमासका मालिकले आफ्ना सकारात्मक अनुभव साझा गरे, जसले तत्कालै बुकिङ गर्न उपस्थितलाई प्रेरणा दिएको थियो र सुदूरपश्चिम क्षेत्रमा प्रोटोन ईमासको बढ्दो लोकप्रियता स्पष्ट रूपमा प्रकट भएको थियो ।
यसै प्रसंगमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेत्त्यालले भन्नुभयो “धनगढी शोरूम शैली, प्रदर्शन र ग्राहक सेवासँग सम्बद्ध गुणस्तरीयताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो । धनगढीका बासिन्दाको प्रोटोन ईमास ब्रान्डप्रतिको जोश र हरित भविष्यप्रतिको विश्वासले हामीलाई गर्व र प्रेरणा प्रदान गरेको छ ।”
यस विस्तारसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै उत्पादन निपुणता, ग्राहक सन्तुष्टि र अत्याधुनिक इभी (इलेक्ट्रोनिक भेइकल) प्रविधिको दिशामा आत्मविश्वासपूर्ण अग्रगमन गरेको छ ।












प्रतिक्रिया