काठमाडौं
जगदम्बा मोटर्स प्रालिअन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज धनगढीको बोराडाँडीमा अत्याधुनिक शोरूमको भव्य उद्घाटन गर्दै आफ्नो तीव्र राष्ट्रिय विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ ।
यस अवसरमा ब्रान्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको छ, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साह प्रदर्शित गरेको छ । नयाँ उद्घाटन गरिएको यो अत्याधुनिक थ्रीएस सुविधा केन्द्रले सेल्स, सर्भिस र स्पेयर पाट्र्सका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराएको छ ।
ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले धनगढीका प्रोटोन ईमासका ग्राहकलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ । शो रुमको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा अन्य अतिथिहरू, उद्योग जगतका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा रिबन काट्नेदेखि उत्पादन प्रदर्शन र सवारी हस्तान्तरण जस्ता आकर्षक गतिविधिहरू सम्पन्न भएका थिए, जसले प्रोटोन ईमास ७ प्रति उपस्थितको उत्साह झनै बढाएको थियो ।
कार्यक्रमका क्रममा केही इमासका मालिकले आफ्ना सकारात्मक अनुभवहरू साझा गर्नुभएको थियो । त्यसले तत्काल बुकिङमा प्रेरणा दिँदै सुदूरपश्चिम क्षेत्रमा प्रोटोन ईमासको बढ्दो लोकप्रियतालाई अझ प्रष्ट बनाएको थियो ।
यसै प्रसंगमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेतवालले भन्नुभयो, ‘धनगढी शोरूम शैली, प्रदर्शन र दिगोपनासँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो । धनगढीका बासिन्दाको प्रोटोन ईमास ब्रान्डप्रतिको जोश र हरित भविष्यप्रतिको विश्वासले हामीलाई गहिरो प्रेरणा दिएको छ ।’
यस विस्तारसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि, र अत्याधुनिक ईभी प्रविधिको लक्ष्यतर्फ आत्मविश्वासपूर्वक अघि बढेको छ ।











प्रतिक्रिया